तनहुँलाई गोविन्द भट्टराई जस्तै निष्ठावान् नेताको खाँचो छ – वरिष्ठ पत्रकार वाग्ले

तनहुँलाई गोविन्द भट्टराई जस्तै निष्ठावान् नेताको खाँचो छ – वरिष्ठ पत्रकार वाग्ले


दमौली, फागुन १८ गते
प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी चुलिएसँगै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले चुनावी अन्तिम अभियानलाई तिव्र पार्नुभएकाे छ । यसैक्रममा, प्रचारप्रसारमा पुगेका भट्टराईलाई वरिष्ठ पत्रकार तथा नागरिक अगुवा नारायण वाग्लेले भट्टराईलाई विजयको शुभकामना दिँदै उहाँको उम्मेदवारीलाई तनहुँको विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा चित्रण गर्नुभएको छ ।
व्यास नगरपालिका–११ बेलटारीस्थित वाग्लेकै निवासमा भएको सौहार्दपूर्ण भेटघाटका क्रममा उहाँले भट्टराईको राजनीतिक निष्ठा, स्वच्छ छवि र विकासप्रतिको हुटहुटीको खुलेर प्रशंसा गर्नुभयो । वाग्लेले भन्नुभयो, “तनहुँले अब केवल आश्वासन होइन, भुइँमान्छेका पीडा बुझ्ने र स्पष्ट कार्ययोजना भएको नेतृत्व खोजेको छ । उहाँमा त्यो तत्परता र भिजन मैले स्पष्ट देखेको छु ।’’ लामो समयदेखि सक्रिय राजनीतिमा रहेर पनि विवादरहित छवि कायम राख्नु भट्टराईको मुख्य पुँजी भएको उल्लेख गर्दै उहाँले यस्तो व्यक्तित्वलाई संसद पठाउनु तनहुँवासीकै लागि गौरवको विषय हुने धारणा राख्नुभयो ।


निर्वाचनको पूर्वसन्ध्यामा वाग्ले जस्तो प्रबुद्ध र तटस्थ व्यक्तित्वबाट प्राप्त यो नैतिक समर्थनले भट्टराईको चुनावी अभियानमा नयाँ ऊर्जा थपेको छ। विशेष गरी बौद्धिक वर्ग र अलमलमा रहेका मतदाताहरूका बीचमा यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । स्थानीय भावना र आवश्यकतालाई संसद बुलन्द गर्न सक्ने क्षमता भएकाले पनि यसपटक भट्टराईको विकल्प नभएको चर्चा क्षेत्रभरि चल्न थालेको छ । प्रबुद्ध वर्गको यो साथले भट्टराईको विजय यात्रालाई थप सहज र सुनिश्चित बनाउने आकलन गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page