तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता, जित लगभग निश्चित

तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता, जित लगभग निश्चित


तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा जारी मतगणनामा डा. स्वर्णिम वाग्ले ले फराकिलो अग्रता कायम गर्दै विजयतर्फ उन्मुख देखिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै चुनावी दौडमा स्पष्ट रूपमा अग्रस्थान लिइरहनुभएको छ।
अहिलेसम्मको मतगणना अनुसार वाग्लेले २८,९२५ मत प्राप्त गर्नुभएको छ। उहाँका मुख्य प्रतिस्पर्धी गोविन्द भट्टराई (नेपाली कांग्रेस) ले १२,५६० मत पाउँदा तेस्रो स्थानमा रहनुभएकी भगवती न्यौपाने (नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)) ले ३,९०३ मत प्राप्त गर्नुभएको छ।
हालसम्म ५१,८५७ मत गणना भइसकेको छ भने कुल खसेको मत ६८,१२९ रहेको छ। अब भानु नगरपालिका क्षेत्रको मतगणना बाँकी रहेकाले वाग्ले अझ ठूलो मतान्तरसहित विजयी हुने अनुमान गरिएको छ।
अघिल्लो चुनावमा पनि स्पष्ट जित
डा. वाग्ले यसअघि २०८० सालमा भएको तनहुँ–१ उपनिर्वाचन मा पनि भारी मतान्तरसहित विजयी हुनुभएको थियो। उक्त उपनिर्वाचनमा उहाँले ३४,९१९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी गोविन्द भट्टराईलाई करिब १४ हजार भन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो।

त्यतिबेला भट्टराईले २०,१२२ मत पाउनुभएको थियो भने एमालेका उम्मेदवारले करिब ८,४८८ मत प्राप्त गरेका थिए।


फेरि दोहोरिँदै वाग्लेको प्रभाव
हालको मतपरिणाम हेर्दा तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको प्रभाव पुनः देखिएको विश्लेषण भइरहेको छ। बाँकी मतगणनामा ठूलो उलटफेर नभएमा उहाँ फराकिलो मतान्तरसहित पुनः विजयी हुने लगभग निश्चित देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page