आँबुखैरेनी गाउँपालिकाद्वारा ७५ विद्यार्थीलाई छात्रवृत्ति वितरण

आँबुखैरेनी गाउँपालिकाद्वारा ७५ विद्यार्थीलाई छात्रवृत्ति वितरण


तनहुँ — आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित कार्यक्रममा रामशाह माध्यमिक विद्यालयका ४० जना, मित्रता माध्यमिक विद्यालयका ३० जना तथा बाहिर अध्ययनरत ५ जना गरी कुल ७५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो। प्रति विद्यार्थी १० हजार रुपैयाँका दरले जम्मा ७ लाख ५० हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।


गाउँपालिकाका अनुसार उक्त छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा टेवा पुर्‍याउने, अध्ययनप्रति थप प्रेरणा मिल्ने तथा गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page