विदेशमा अनुभव बोकेर फर्किएका युवा रहमानले दमाैलीमा खोले कफी हाउस

तनहुँ, विदेशमा चार वर्ष बस्दै कफी व्यवसायमा अनुभव हासिल गरेका युवा रहमान मियाले स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेका छन्। उनले हाल व्यास नगरपालिका ३ दमाैली स्थित नगरपालिकाकाे भवनमा ‘द अरविक कफी हाउस’ सञ्चालनमा ल्याएका छन्।
करिब १२ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यस कफी हाउसले केवल कफी मात्रै होइन, लस्सी, हट नुडल्स, बबल टी, सोर्मा र मोहितो जस्ता परिकारहरू पनि ग्राहकलाई उपलब्ध गराउनेछ।
रहमान मियाले बताए अनुसार, “विदेशमा काम गर्दा मैले सिकेको सीप र अनुभवलाई नेपालमै प्रयोग गर्न चाहन्थे। यहाँका ग्राहकलाई अन्तर्राष्ट्रिय स्वादसहितको सेवा दिन यही कफी हाउस खोलिएको हो ।

स्थानीय युवाको नेतृत्वमा सञ्चालित यो व्यवसायले व्यास क्षेत्रका सर्वसाधारणलाई नयाँ स्वाद र आधुनिक कफी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।


























