नेपाल शिक्षक संघ तनहुँ, गण्डकी प्रदेशकै सर्वोत्कृष्ट जिल्ला घोषित

नेपाल शिक्षक संघ तनहुँ, गण्डकी प्रदेशकै सर्वोत्कृष्ट जिल्ला घोषित


नेपाल शिक्षक संघ गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा क्रियाकलापहरूको मूल्याङ्कनका आधारमा तनहुँ जिल्लालाई गण्डकी प्रदेशकै सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको छ।
संघले जिल्लास्तरमा गरिएको संगठन विस्तार, शिक्षक हक–हित संरक्षण, शैक्षिक गतिविधिमा सक्रिय सहभागिता तथा कार्यक्रम सञ्चालनको प्रभावकारितालाई आधार मानेर तनहुँ जिल्लालाई उक्त सम्मान प्रदान गरेको जनाएको छ।
यस उपलब्धिसँगै तनहुँ जिल्ला समिति सम्मानित तथा पुरस्कृत हुने अवसर प्राप्त गरेको छ।

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू भट्टराईले प्राप्त उपलब्धि सम्पूर्ण शिक्षकहरूको एकता, सक्रियता र समर्पणको परिणाम भएको बताएका छन्। उनले आगामी दिनहरूमा पनि संगठनलाई अझ सुदृढ बनाउँदै शिक्षा क्षेत्रको विकास र शिक्षकहरूको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page