तनहुँ–१ का सांसद स्वर्णिम वाग्ले अर्थमन्त्री बन्नुपर्ने युवाको माग

तनहुँ–१ का सांसद स्वर्णिम वाग्ले अर्थमन्त्री बन्नुपर्ने युवाको माग


तनहुँ — जेनजि युवा अभियन्ता सुजन रिमालले तनहुँ–१ बाट निर्वाचित सांसद डाक्टर स्वर्णिम वाग्ले लाई देशको अर्थमन्त्री बनाउनुपर्ने बताएका छन्। उनले वाग्ले सक्षम, अब्बल तथा अनुभवी अर्थविद् भएकाले नेपालको अर्थतन्त्र सुधार्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
रिमालका अनुसार वर्तमान अवस्थामा देशलाई दक्ष र इमानदार नेतृत्व आवश्यक रहेको र वाग्ले जस्ता अर्थशास्त्रीलाई जिम्मेवारी दिइएमा युवादेखि व्यवसायी र सर्वसाधारणसम्म सबै क्षेत्र उत्साहित हुनेछन्।
स्वर्णिम वाग्ले तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुन्। उनी यसअघि राष्ट्रिय योजना आयोगकाे उपाध्यक्ष समेत भइसकेका छन् र आर्थिक नीति तथा विकासका विषयमा लामो अनुभव राख्छन्।

युवाहरूले देशको आर्थिक विकासका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै वाग्ले जस्ता व्यक्तिलाई अर्थ मन्त्रालयको नेतृत्व दिनुपर्ने आवाज उठाइरहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page