जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक : विगतको घटनाले फेरि ध्यान तान्यो

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक : विगतको घटनाले फेरि ध्यान तान्यो


तनहुँ — आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेसँगै सो आन्दोलनका क्रममा भएका घटनाहरू पुनः चर्चामा आएका छन्।
यसै सन्दर्भमा उक्त दिनको घटनालाई सम्झिँदै काङ्ग्रेस युवा नेता डम्बरबहादुर अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले लेखेका छन् कि सो दिन आफूलाई काङ्ग्रेस पार्टी कार्यालय जोगाउन खोजेको आरोप लगाउँदै अराजक समूहले आक्रमण गर्न खोजेको थियो।
उनका अनुसार उक्त घटनाका बेला पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य काङ्ग्रेस पार्टी कार्यालयको माथिल्लो तलामा रहेको कार्यालयमा थुनिएका थिए। उनलाई उद्धार गर्ने प्रयास गर्दा आफूमाथि आक्रमण गर्न खोजिएको उनले उल्लेख गरेका छन्।

आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै यस्ता व्यक्तिगत अनुभव र घटनाहरू फेरि सतहमा आउन थालेका छन्, जसले आन्दोलनको वास्तविकता र त्यसबेलाको अवस्थाबारे थप बहस सुरु गराएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page