भिमादमा प्रमुख प्रशासकीय अधिकृत पुनको बिदाइ

भिमादमा प्रमुख प्रशासकीय अधिकृत पुनको बिदाइ


भिमाद, चैत — भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव कमल प्रसाद पुनलाई आज एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। झण्डै डेढ वर्ष सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जान लाग्नुभएका पुनलाई भावुक वातावरणमा गह्रौं मनका साथ बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख खनाल, विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले पुनको कार्यकालको प्रशंसा गर्दै उहाँलाई कुशल संगठक, मृदुभाषी तथा सरल स्वभावका प्रशासकका रूपमा स्मरण गरेका थिए।
नगरपालिकामा रहँदा पुनले प्रशासनिक दक्षता, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिँदै संस्थागत सुधार तथा सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको वक्ताहरूले उल्लेख गरेका थिए।


कार्यक्रममा बोल्ने वक्ताहरूले पुनको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँको निवृत्त जीवन सुखद, सफल र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page