वृद्ध भत्ता उमेरबारे फैलिएको हल्ला असत्य : अर्थ मन्त्रालय

वृद्ध भत्ता उमेरबारे फैलिएको हल्ला असत्य : अर्थ मन्त्रालय


नेपाल सरकार अर्थ मन्त्रालय ले वृद्ध भत्ता पाउने उमेर सम्बन्धी सामाजिक सञ्जालमा फैलिएका हल्लाहरू असत्य भएको स्पष्ट पारेको छ।
मन्त्रालयले शुक्रबार एक महत्वपूर्ण सूचना जारी गर्दै यस्तो दाबीमा कुनै सत्यता नरहेको जनाएको हो। सूचनामा यस विषयमा मन्त्रालय तथा माननीय मन्त्रीस्तरमा कुनै छलफल समेत नभएको उल्लेख गरिएको छ।
केही समययता वृद्ध भत्ता पाउने उमेर घटाउने वा परिवर्तन गर्ने विषयमा विभिन्न टिकाटिप्पणी तथा अपुष्ट जानकारीहरू सामाजिक सञ्जालमा फैलिँदै आएका थिए। मन्त्रालयले ती सबै सूचना भ्रामक भएको भन्दै सर्वसाधारणलाई यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हाल कायम व्यवस्था यथावत् नै रहेको छ र वृद्ध भत्ता सम्बन्धी कुनै नीतिगत परिवर्तन गरिएको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page