दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” :चैत २६ गतेदेखि हुने

दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” :चैत २६ गतेदेखि हुने


दमौलीमा आयोजना हुन लागेको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमार्फत तयारीबारे जानकारी दिइएको छ। व्यास नगरपालिका–४ स्थित सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन हुने दमौली सांस्कृतिक महोत्सव यही चैत २६ गतेदेखि बैशाख ७ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ।
महाेत्सवकाे बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलन क्लवका अध्यक्ष विपिन घलेको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिपी अधिकारीले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन क्लवका सचिव उमेश पौडेलले गरेका थिए।
महोत्सव स्थलमा स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको क्लवका अध्यक्ष घलेले जानकारी दिए । दर्शक तथा आगन्तुकलाई लक्षित गरी विभिन्न आकर्षणहरू समेट्ने तयारी भइरहेको उनको भनाइ छ।

महोत्सवमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि मनोरञ्जनका विविध सामग्री रहनेछन्। बालउद्यान, रोटेपिङ, डुंगा (नाउ), ड्रागन लगायतका खेल सामग्री सञ्चालनमा ल्याइनेछ। त्यस्तै, स्थानीयदेखि ख्यातिप्राप्त राष्ट्रिय कलाकार तथा गायक–गायिकाको प्रस्तुति एउटै मञ्चबाट प्रस्तुत गरिने जनाइएको छ।
यसका साथै महोत्सव अवधिभर सस्तो बजारसमेत सञ्चालन गरिनेछ, जसले स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापार प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page