दमौलीमा जारी ‘टाइगर ल्याण्ड दमाैली सांस्कृतिक महोत्सव’मा आज चर्चित गायिका कृष्णाकाे प्रस्तुति

दमौलीमा जारी ‘टाइगर ल्याण्ड दमाैली सांस्कृतिक महोत्सव’मा आज चर्चित गायिका कृष्णाकाे प्रस्तुति

दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत आज वैशाख ८ गते शुक्रबार पनि राष्ट्रिय कलाकारकाे बेजोड प्रस्तुति रहने भएको छ ।
व्यास नगरपालिका–४, बाघभञ्ज्याङ, सिमलटारमा सञ्चालन भइरहेको महोत्सवमा आजका मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा दोहोरी गायिका कृष्णा गुरुङको प्रस्तुति रहने आयोजकले जनाएको छ।
यसैगरी कार्यक्रममा गायिका मनु थापा र गायक दिपक गैरेले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। नृत्यतर्फ रचना, रेनु र सावित्रीको विशेष प्रस्तुति रहने
कार्यक्रमकाे सञ्चालन भने चर्चित गायक मेघनाथ रिमालले गर्ने टाइगर ल्याण्ड युवा क्लवका अध्यक्ष विपिन घलेले बताए ।


नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको उक्त महोत्सवमा कला, संस्कृति, व्यापार, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। वैशाख ७ गतेसम्म सञ्चालन हुने महोत्सव टाइगर ल्याण्ड युवा क्लबको आयोजनामा तथा विभिन्न संघ–संस्थाको सह–आयोजनामा भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page