तनहुँ प्रहरीको सफलता: चोरी भएको गाडी ८ घण्टामै बरामद
तनहुँ — जिल्ला प्रहरी कार्यालय तनहुँको सक्रियता र समन्वयमा हराएको सवारी साधन ८ घण्टामै फेला पार्न सफल भएको छ। प्रहरीको यो कार्यलाई प्रभावकारी अनुसन्धान र द्रुत प्रतिक्रिया को उदाहरणका रूपमा हेरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की नेतृत्वकाे तनहुँ प्रहरीको टोलीले बन्दिपुर गाउँपालिका–४ सानो डुम्रेबाट हराएको ग २ च ७७९३ नम्बरको गाडी काठमाडौंको कुलेश्वरस्थित एक अटो वर्कसपबाट बरामद गरेको हो।
प्रहरी वृत्त कालिमाटीसँगको समन्वयमा गरिएको खोजतलासका क्रममा दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

तनहुँ प्रहरीको तत्परता र समन्वयकारी भूमिकाले अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


























