मेरो कित्ता’ बाट तनहुँका सेवाग्राही लाभान्वित
तनहुँमा ‘मेरो कित्ता’ अनलाइन प्रणाली लागू भएपछि जग्गाको नक्सा निकाल्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । अब सेवाग्राहीले घरमै बसेर वा नजिकैको साइबरबाटै अनलाइनमार्फत नक्सा प्रिन्ट गर्न सक्ने भएका छन् ।

नापी कार्यालय तनहुँका अनुसार सेवाग्राहीले शुल्क तिरेपछि आफ्नो कित्ताको नक्सा पिडिएफ फाइलमा प्राप्त गर्न सक्छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा ३५१ जनाले यो सेवा प्रयोग गरेका छन् । कार्यालयले प्रविधिको प्रयोगसँगै सेवा प्रवाह थप सहज र प्रभावकारी बन्दै गएको जनाएको छ ।


























