चट्याङ लागेर व्यासकी थापाको मृत्यु
तनहुँ, १ जेठ । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापाको चट्याङ लागेर मृत्यु भएको छ।
सनिवार साँझ करिब ५ः३० बजेको समयमा घरको आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि साँझ ७ः२० बजे प्रदेश अस्पताल दमौली ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा डाक्टरले साँझ ७ः३० बजे उनलाई मृत घोषणा गरेका हुन्।

मृतक ललिसा सन्तराज थापाकी छोरी रहेको प्रहरीले जनाएको छ।


























