राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट–३ काे वडा सभापतिमा मोहनबहादुर थापा चयन

देवघाट, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका–३ को प्रथम वडा अधिवेशनबाट मोहनबहादुर थापा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन्।
अधिवेशनबाट उपसभापतिमा मिनु थापा सिंजाली मगर, सचिवमा नवराज गुरुङ तथा सदस्यहरूमा मिकाश गुरुङ, संगीता गुरुङ, गोपीलाल आले मगर, देऊबहादुर थापा, आकाश गुरुङ, प्रेमबहादुर गुरुङ, रञ्जना आले मगर र बुद्धिमाया विक सर्वसम्मत चयन भएका हुन्।
कार्यक्रममा क्षेत्रीय सदस्य तथा पार्टी संगठन विभाग प्रमुख अनिल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यसैगरी जिल्ला क्षेत्रीय सहसचिव सशी रुपाखेती, क्षेत्रीय निर्वाचन कमिटी सदस्य किरण सुवेदी, देवघाट–१ का सभापति पदमबहादुर गुरुङ, वडा नं. ५ का सभापति नारायण सापकोटा तथा रास्वपा देवघाटका संगठन प्रमुख छविजंग ठकुरीलगायतको उपस्थिति रहेको थियो।

पार्टी संयोजक बलबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।


























