राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे वडा नं. ३ र ७ मा प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे वडा नं. ३ र ७ मा प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन


म्याग्दे, तनहुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दे गाउँपालिका अन्तर्गत वडा नं. ३ र ७ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट दुवै वडामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
वडा नं. ७ मा सभापतिमा बुद्धिकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। यस्तै उपसभापतिमा मधवप्रसाद पण्डित, सचिवमा शिवराज अछामी तथा सदस्यहरूमा रामबहादुर दरै, श्रीमती सुनीदेवी बन्सी ठकुरी, रामकुमार श्रेष्ठ, श्रीमती दुर्गा विक, सीरबहादुर कामी र देवबहादुर गैरे निर्वाचित हुनुभएको छ।
त्यसैगरी वडा नं. ३ मा सभापतिमा गंगादत्त अधिकारी निर्वाचित हुनुभएको छ। उपसभापतिमा श्रीमती राखी सापकोटा घिमिरे, सचिवमा आनन्द काफ्ले तथा सदस्यहरूमा महेन्द्र क्षेत्री, पुष्पराज घिमिरे, सागर अधिकारी, राजकुमार श्रेष्ठ, हीरालाल सुनार र श्रीमती सुलोचना परिवार निर्वाचित हुनुभएको छ।

कार्यक्रमले वडास्तरमा संगठन सुदृढीकरण र पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको रास्वपा म्याग्देका सभापति मनाेज अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page