तनहुँका महेश गण्डकी प्रदेश शारीरिक सुगठन संघको महासचिवमा निर्वाचित

तनहुँका महेश गण्डकी प्रदेश शारीरिक सुगठन संघको महासचिवमा निर्वाचित


दमौली ।
तनहुँका प्रतिष्ठित शारीरिक सुगठन (जिम) व्यवसायी एवं प्रशिक्षक महेश कुमार श्रेष्ठ गण्डकी प्रदेश शारीरिक सुगठन संघको महासचिवमा निर्वाचित भएका छन्।
पोखरामा शनिवार सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट व्यास–३, दमौलीस्थित मसल्स हाउस व्यायामशालाका सञ्चालक समेत रहेका श्रेष्ठ सर्वसम्मत रूपमा महासचिवमा चुनिएका हुन् । कार्यसमितिको महत्वपूर्ण मानिने यस पदमा निर्वाचित भएसँगै तनहुँको खेलकुद क्षेत्रमा खुसीयाली छाएको छ ।
नवनिर्वाचित कार्यसमितिमा तनहुँकै अर्का जुझारु युवा शिशिर थापा मगर कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । दुई महत्वपूर्ण पदमा तनहुँका प्रतिनिधि छानिएपछि जिल्लामा शारीरिक सुगठन खेलको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
महासचिव पदमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै महेश कुमार श्रेष्ठले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सम्पूर्ण प्रतिनिधि तथा खेलप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले शारीरिक सुगठन विधालाई केवल फेसनका रूपमा मात्र नभई व्यावसायिक र स्वास्थ्यका दृष्टिकोणले अगाडि बढाउन योजनाबद्ध रूपमा लाग्ने प्रतिबद्धता जनाए ।


“गण्डकी प्रदेशमा शारीरिक सुगठन (बॉडीबिल्डिंग) खेलप्रति युवाहरूको आकर्षण निकै बढेको छ । तर, यस क्षेत्रका खेलाडी र जिम व्यवसायीहरूले अनेकौँ चुनौतीहरू भोग्नु परिरहेको छ । मेरो मुख्य प्राथमिकता प्रदेशभरिका खेलाडीहरूको वृत्तिविकास गर्ने, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने वातावरण सिर्जना गर्ने र जिम व्यवसायलाई मर्यादित एवं व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनेछ ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page