पहिरोले पुरिएर एकैघरका सात जनाको मृत्युु
गएराती परेको अविरल वर्षाका कारण आएको पहिरोले पोखरामा एकैघरका सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुर र मादी गाउपालिकामा गरेर चार जना बेपत्ता भएका छन्।

गएराती १० बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौर तल्लाकेट ठाटीमा घर माथिबाट आएको पहिरोले स्थानीय कुल बहादुर परियारको घर पुरिदा उनको परिवारका सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

यसैगरी पोखरा ३२ चैनपुरस्थित बार्हबिसेकी आरती ओझाको एकतले घर पहिरोले पुरिंदा वर्ष १८ कि उनकी छोरी अनिता ओझा, अनुषा ओझा र दाइको छोरा बेपत्ता भएका छन्। उनीहरुको खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ। आरती ओझाकोको भने उद्धार गरिएको प्रहरीले बताएको छ।
त्यस्तै मादी गाउँपालिकाको वडा नम्बर ११ तल्लो तापलेमा घर पुरिंदा ८० वर्षीया माइली गुरुङ बेपत्ता भएकी छिन भने उनका ५५ वर्षीय छोरा ओम गुरुङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।






























