कन्काइकाे तीज फाेटाे प्रतियोगितामा व्यास ४ कि सविता र व्यास १२ कि आकृति प्रथम

कन्काइकाे तीज फाेटाे प्रतियोगितामा व्यास ४ कि सविता र व्यास १२ कि आकृति प्रथम


नेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालिका तीजको अवसरमा व्यास ४ मा रहेको कन्काइ ग्लाेवल एकेडेमीले तीज फाेटाे प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगितामा अभिभावक तर्फ; सविता गुरूंग (व्यास-४) प्रथम भएकी छन् । यस्तै द्वितीय -मिना दुलाल (व्यास-२)र तृतीय- दिपा मगर (व्यास-३)भएकी छन् ।

यस्तै प्रतियोगिताकाे शुभचिन्तक तर्फ;प्रथम- आकृति शर्मा (व्यास-१२)द्वितीय-स्वस्तिका पन्थ (व्यास-१) र
तृतीय- मन्दिरा केसी (व्यास-४) भएको कन्काइका प्रवन्ध निर्देशक मिलन गाेदारले बताए । तीजलाइ विसुद्ध माैलिक संस्कृतिका रूपमा मनाउन प्राेत्साहन गर्ने उद्धेश्यका साथ बिगतका वर्षहरूमा झैँ यसपटक पनि उक्त प्रतियोगिता आयाेजना गरिएको गाेदारले जानकारी दिए । उक्त कार्यक्रममा विजेताहरुलाई विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम सहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र दिई सम्मान प्रकट गरिएको बताइएको छ । प्रतियोगितामा १ सय ५२ जना प्रतियोगीहरू सहभागी भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page