थर्पु बजारमा भाेली खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता हुने
भदौ २१ गते सुक्रवार तनहुँको थर्पु बजारमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ
समितिद्वारा आयोजित प्रतिगोगिता थर्पु बजारमा हुने
आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा
गीत तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने
टिमलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार र ३
हजार तथा नृत्य तर्फ प्रथम, द्वित्तीय, तृतीय र
सान्त्वना हुने लाई क्रमशः ७ हजार ५ सय, ५ हजार
५ सय, ३ हजार ५ सय र १ हजार रूपयाँ पुरस्कार
राखिएको थर्पु बजार खानेपानी उपभोक्ता तथा
सरसफाइ समितिका अध्यक्ष भीमलाल श्रेष्ठले
बताए।

प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता निशुल्क रहेको र सोही दिन १२ बजेसम्मलाई राखिएको श्रेष्ठले जानकारी दिए ।

























