अन्तर विद्यालय तीज गीत प्रतियोगितामा जलदेवी प्रथम , राधा मावि द्वितीय

नेपाल विद्यार्थी संघ तनहुँकाे आयोजना तथा नेपाल तरुण दल ब्यास नगरको सह आयोजनामा दमाैलीमा अन्तर विद्यालय तीज गीत प्रतियोगीता सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम- जलदेवी मावी ब्यास १, द्वितीय राधा मावी जामुने, तृतीय – शुक्ला मावी ऋषिङ १ र सान्त्वना निर्मल मावि व्यास १ भएका छन् ।

ने.बि. संघ तनहुँका कार्यबाहक अध्यक्ष आशिष कैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ निवर्तमान पार्टी सभापती एवम महासमिती सदस्य वैकुन्ठ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काङ्ग्रेस पुर्व सभापती रघुनाथ पौडेल, महासमिती सदस्य पबित्रा पौडेल, सरिता गुरुङ्ग, नेपाली काङ्ग्रेस तनहुँका पार्टी उपसभापती देव कुमार श्रेष्ठ, पार्टी जिल्ला सचिब लक्ष्मीभक्त खनाल, क्षेत्र न. २ का क्षेत्रीय सभापती चुनामणी खनाल, क्षेत्र न १ का सभापती श्याम कुमार मौरती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा महाधिबेशन प्रतिनिधि आशा थापा, मोहम्मद जब्बर्दिन मिया, ने .का. तनहुँ जिल्ला सदस्य कल्पना पोख्रेल, गण्डकी प्रदेश सदस्य चन्द्रमाया परियार, तनहुँ प्रदेश १(क) सभापती बिश्वेश्वर खनाल, ने.का. ब्यास नगर सभापती सुर्यचन्द्र हड्खले,प्रदेश १ (ख) सचिब हरिशरण खनाल, ने. बि संघ केन्द्रिय सदस्य सुनिल मिश्र , नेपाल तरुण दल तनहुँ अध्यक्ष हिरा थापा, , नेपाल तरुण दल जिल्ला उपाध्य्क्ष जीवन गुरुङ्ग, स्थानिय तहका वडा अध्यक्षहरु, स्वतन्त्र बिद्यार्थी युनियन आदिकवी भानुभक्त क्याम्पस सभापती गौरब पन्थ लगायतका ब्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
१४ वटा टिमको सहभागीता रहेको कार्यक्रममा तरुण दल ब्यास नगर अध्यक्ष युबराज भन्डारीले स्वागत र जिल्ला सदस्य अनुप आले मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

























