आदिकवि भानुभक्त क्याम्पस राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत तथा सम्मानित

आदिकवि भानुभक्त क्याम्पस राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत तथा सम्मानित

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आदिकवि भानुभक्त क्याम्पस गण्डकी प्रदेशको एक उत्कृष्ट क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार-२०८१ बाट सम्मानित एवं पुरस्कृत भएको छ।

राष्ट्रिय शिक्षा दिवस समारोह – २०८१ काे अवसरमा शिक्षा विकास निर्देशनालय पोखराको आयोजनामा भएको राष्ट्रिय शिक्षा दिवस समारोहमा आदिकवि भानुभक्त क्याम्पसलाई उत्कृष्ट क्याम्पसको सम्मान एवं पुरस्कार प्रदान गरिएको हाे ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित उक्त सम्मान कार्यक्रममा सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु थापा र मन्त्रालयका सचिव प्रकाश पौडेल तथा शिक्षा विकाश निर्देशक अम्विका आचार्यले क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महा प्रसाद हड्खलेलाई सम्मान पत्र, नगद पुरस्कार र दोसल्लाद्वारा सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page