दमाैली अस्पतालमा बिरामीको बिजाेग , अहेब लाइ भ्याइनभ्याई , डाक्टर मस्त निन्द्रामा

दमाैली अस्पतालमा बिरामीको बिजाेग , अहेब लाइ भ्याइनभ्याई , डाक्टर मस्त निन्द्रामा
Oplus_0

जिल्लाकाे एकमात्र सरकारी अस्पताल , दमाैली अस्पतालमा बिरामीको बिजाेग भएको पाइएको छ । अस्पताल प्रशासन एवम् त्यहाँको व्यवस्थापन समिति गम्भीर नहुँदा बिरामीको बिजाेग भएको हाे ।

पछिल्लो समय ज्वरो , डेङ्गु लगायत राेगका बिरामीहरूकाे चाप बढिरहेको बेलामा अस्पताल व्यवस्थापन भने फितलो देखिएको छ । अस्पताल जस्तो संवेदनशील ठाउँमा पनि बिरामीलाई जाँच्ने प्रयाप्त स्वास्थ्यकर्मी नखटाउँदा बिरामीले समयमै उपचार पाउन त सकिरहेका छैनन् , साथै बिशेषज्ञबाट भरपर्दो चेकजाँचकाे अवसरबाट पनि बञ्चित भएका छन् ।

मंगलबार राति अस्पतालकाे आकस्मिक कक्षमा उपचारको लागि बिरामी जाँदा , बिरामीको भिडका बाबजुद एकजना मात्रै अहेब ले सेवा दिइरहेको दृश्य राप्रपा तनहुँका अध्यक्ष समेत रहेका स्थानीय बिनाेद घर्तीले भिडियो मार्फत सार्वजनिक गरेपछि त्यहाँको थप बास्तबिकता बाहिर आएकाे हाे । उक्त भिडियोले अस्पतालको सेवाप्रति गम्भिर प्रश्न उठाएको छ। अस्पतालमा नाइट ड्युटीमा एकजना मात्रै अहेव सृष्टि कार्की बिरामीको सेवामा खटिरहेकी देखिन्छिन् । उनलाई बिरामीको चेकजाँच गर्न भ्याइनभ्याई देखिन्छ । अस्पताल प्रशासन श्राेतका अनुसार सृष्टिको ड्युटीमा मात्रै झण्डै २५ जना विभिन्न खालका बिरामीको ताती लागेको थियो । त्यति धेरै संख्यामा बिरामीको चाप हुँदापनी अस्पताल प्रशासनले थप स्वास्थ्यकर्मी किन खटाएन ? प्रश्न यहींनीर छ । जवकी विभिन्न समयमा विभिन्न दलका नेताको राजनीतिक काेटामा भर्ना भएका कर्मचारीकाे संख्या त्यहाँ प्रयाप्त छ ।

दमाैली अस्पतालमा बिरामी र बिरामीका आफन्तकाे गुनासो आउने गरेको याे नैं पहिलोपटक हाेइन , यस भन्दा अगाडि पनि पटकपटक ड्युटी भएका बेला स्वास्थ्यकर्मी नभेटिएर खोज्दै जानुपर्ने गरेको बिरामीका आफन्तबाट पटक–पटक गुनासो आउने गरेको थियो । उनीहरूले भन्ने गर्दथे ‘बिरामीको सहयोगीका रुपमा अस्पतालमा जाँदा स्वास्थ्यकर्मी र चिकित्सक तोकिएको फाँटमा निकै कम भेटिन्छन्। आफैंले खोज्दै हिँड्नुपर्छ।’

तनहुँकाे यही क्षेत्रबाट निर्वाचित रामचन्द्र पाैडेल हाल राष्ट्रपति छन् भने यही जिल्ला घर भएका प्रदिप पाैडेल हाल स्वास्थ्यमन्त्री छन् । अझै अन्य सबै गर्दा केन्द्रीय नेताहरू मात्रै दर्जनौं छन् । उच्च ओहदामा जति नैं नेताहरू भए पनि सरकारी अस्पतालकाे अवस्था भने बिगत लामो समयदेखि कहालीलाग्दो छ । १५ शैय्या क्षमता भएकाे अस्पताललाई ५० शैयाकाे बनाउने भन्दै यहाँ धेरैले राजनीति गरिरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page