ढाेके युवा क्लबलाई हराउँदै ज्याेति युवा क्लवले जित्यो छाङकाे भलिबल उपाधी
छाङ युवा सन्जाल द्वारा आयोजित प्रथम प्रेम स्मृति कप भलिबलको उपाधी म्याग्दे ७ काे ज्याेति युवा क्लवले जितेको छ ।
म्याग्दे गाउँपालिका स्तरीय गाउँ तथा टोल स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा ढाेके युवा क्लबलाई हराउँदै ज्याेति युवा क्लवले उपाधि जितेको हाे ।

उपाधि उचाल्न सफल ज्याेति युवा क्लवले ३० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितिय भएको ढाेकेले २० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

























