मनहरी पिपलटार खानेपानीकाे अध्यक्षमा मल्ल

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको मनहरी पिपलटार खानेपानी उपभोक्ता सस्थाकाे ११ औ साधारणसभा एवं छैठाे अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा चन्द्रकुमार मल्ललाई सर्वसम्मत चयन गरेको छ । यस्तै समितिकाे उपाध्यक्षमा हेमकुमार कायस्थ , सचिवमा गाेपीमान कायस्थ , काेशाध्यक्षमा रेणु हमाल र सहसचिवमा एकबहादुर थापा चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा रामबहादुर थापा , नुर बहादुर थापा , सान्ती विक , लक्ष्मी अधिकारी , बालुमाया राना , धनबहादुर थापा र पन्जु कायस्थ चयन भएका छन् ।
यसैगरी समितिकाे सल्लाहकारहरूमा कैलाश नारायण मल्ल , हुत्तमणी अधिकारी , तिर्थ राज वाग्ले , सन्देश अधिकारी र गणेश कुमार श्रेष्ठ रहेको नवनिर्वाचित अध्यक्ष चन्द्रकुमार मल्लले बताए ।
त्यसअघि अधिवेशनकाे म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी थिइन् । अधिवेशन प्रेमराज अधिकारीकाे अध्यक्षतामा भएको थियो । नवनिर्वाचित अध्यक्ष मल्ल सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् , उनी यश सँगै अन्य थुप्रै संघसंस्थामा आबद्ध छन् ।

























