बेसीशहरमा भएको जीप दुर्घटनामा घाइते २० मध्ये केहीलाइ चितवन रिफर गरियो
लमजुङको बेसीशहर नगरपालिका–६ मकैडाँडाबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ज ८५५१ नम्बरको जीप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घुम्तीको ओरालोमा ‘टर्निङ’ नमिल्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ । जीपमा २० जना सवार रहेको र दुर्घटनास्थलवाट घाइतेहरुलाई उद्धार गरी लमजुङ जिल्ला अस्पताल पठाएका मध्ये केही जटिललाई चितवन रिफर गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
























