गुणादीमा कार र माेटरसाइकल ठाेक्किँदा व्यास ५ का हीरालाल थापा घाइते
पृथ्वीराजमार्ग स्थित तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक युवा घाइते भएका छन् ।

ग १९ प २१२८ नम्बरको माेटरसाईकल र BRO5AD2759 नम्बरको भारतीय कार एक आपसमा ठाेक्किँदा व्यास ५ का हिरालाल थापा घाइते भएको र उनलाई दमाैली अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

फाेटाे नवीन श्रेष्ठ
























