दसैं मान्न ससुराली आएका ज्वाइंकाे मादी नदिमा डुवेर मृत्यु
दसैं मान्न ससुराली आएका ज्वाइकाे मादी नदिमा डुबेर मृत्यु भएको छ । गैंडाकोट २ घर भइ व्यास नगरपालिका वडा नं ६ स्याम्घा ससुराली आएका उनको आज बिहान मादी नदिमा नुहाउने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुबेर मृत्यु हुने ४० वर्षीय नारायण पाेख्रेललाइ नुहाएकाे ठाउँबाट एक किलोमिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार नुहाउने क्रममा भुमरीमा परेर उनी डुबेका थिए ।

मृतक पाेख्रेलकाे शव अहिले दमाैली अस्पतालमा ल्याइएको छ ।
























