व्यास नगरपालिकाकाे प्रवक्तामा सुरेश थापा
व्यास नगरपालिकाकाे प्रवक्तामा सुरेश थापा मनाेनयन भएका छन् । मंसिर ७ गतेको कार्यपालिका बैठकले व्यास ९ का अध्यक्ष थापालाई मनाेनयन गरेको हाे । लाेकप्रिय मतका साथ २०७४ र २०७९ काे स्थानीय तह निर्वाचनमा जितेका थापा धेरैले मन पराउने वडा अध्यक्षमा पर्दछन् ।

बैठकले व्यास ६ का अध्यक्ष जीवन गुरूङले अहिलेसम्म प्रवक्ताकाे रूपमा पुर्याएकाे सहयोग एवम् भुमिका प्रति धन्यवाद दिएको छ ।

























