जनकल्याण सहकारीकाे ११ करोड हिनामिना गरेको आराेपमा कार्यपालिका सदस्य बगाले पक्राउ

जनकल्याण सहकारीकाे ११ करोड हिनामिना गरेको आराेपमा कार्यपालिका सदस्य बगाले पक्राउ

सहकारीको रकम अपचलन आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका ९ की मधुमाया बगालेलाई पक्राउ गरेको छ ।
मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य समेत रहेकी बगालेलाई सोमबार बेंसीशहर नगरपालिका ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार उनी माथि नक्कली कर्जा खडा गरी आफूसहितले जनकल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ङादी सेवा केन्द्रको हिमालयन बैंक लिमिटेडको बैंक खाताबाट रकम निकासा गर्न किर्ते दस्तखत गरेको र कर्जा हिनामिना गरेको आरोप लागेको छ । 

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश कार्यालय पोखराको अनुसन्धान प्रतिवेदनमा जनकल्याण सहकारीको ११ करोड २२ लाख ८१ हजार ८ सय ४४ रुपैयाँ ९४ पैसा हिनामिना भएको प्रहरीले जनाएको छ । जनकल्याणले भने बगालेले ऋण लिएको रकम साँढे २ करोडदेखि ३ करोड रुपैयाँ हाराहारीमा रहेको बताएको छ ।
सहकारी रजिस्ट्रार कार्यालयको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरी ६ दिन हिसासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।अनुसन्धान प्रतिवेदनको आधारमा पक्राउ परेकी बगाले विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा समेत अघि बढाइने प्रहरीले जनाएको छ ।

सहकारीको रकम अपचलन भएको उजुरी परेपछि सहकारी रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको टिमले अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार कार्यालयको प्रतिवेदनको आधारमा आइतबारमात्रै सेवा केन्द्र प्रमुख बीरेन्द्र गुरुङलाई पक्राउ गरिएको थियो । त्यसपछि सोमबार बगालेलाई पक्राउ गरिएको उनले बताए । गुरुङलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालनले अनुमति दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page