१४ वर्षीय बालिका अपहरण गरी भारत लैजाने मानिस पक्राउ

१४ वर्षीय बालिका अपहरण गरी भारत लैजाने मानिस पक्राउ
Oplus_0

लमजुङकाे बेसिशहर नगरपालिका वडा नं ७ बस्ने वर्ष १४ की परिवर्तित नामथर ३८(११) कुमारीलाई अपहरण गरि भारत लैजाने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत घर भई हाल बेसिशहर नपा ७ बस्ने वर्ष ४० को सेख सईतुला समेतले अपहरण गरी लगेकोमा पिडित परिवर्तित नामथर ३८(११) कुमारीलाई फेला पारी प्रतिवादी सेख सईतुला समेतलाई पक्राउ गरीएकाे लमजुङ प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरु उपर अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्धामा लमजुङ जिल्ला अदालत पेश गरिएको र ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page