ड्युटीमा बसेका इन्स्पेक्टर माथि बस पल्टिँदा थिच्चिएर मृत्यु
सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ।सर्लाहीको बलरा नगरपालिका-९ छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा बा ००६ ख २००४ नम्बरको बस पल्टिँदा सशस्त्र बोर्डर आउट पोष्ट छतौनाका प्रहरी निरीक्षक बिजय तुलाधरको मुत्यु भएको हाे ।

गएराति पौने ९ बजेतिर चेकपोस्टमा राखिएको ड्रमलाइ ठक्कर दिँदै बस अनियन्त्रित भएर तुलाधरमाथि एक्कासि बस पल्टिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
























