तमु ल्होसारकाे अवसरमा पुलजिप युवा क्लवकाे विविध सांस्कृतिक कार्यक्रम !

तमु ल्होसारको अवसरमा पुलजिप युवा क्लब आँबुखैरेनी–४, पुलजिप (संगमटोल) तनहुँले सोमबार साँझ ९ औं तमु ल्होसार –२०८१ ÷ पुलजिप विविध सांस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष बिजय गुरुङ्गको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेलको प्रमुख आथित्यतामा ९ औं तमु ल्होसार –२०८१ पुलजिप विविध सांस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न गरेको क्लबले जनाएको छ । तमु ल्होसार विशेष कार्यक्रममा तमु समुदायको मौलिक पहिरन, कला संस्कृती झल्किने भेषभुषा सहितको विभिन्न सांस्कृतिक नृत्य एवं राष्ट्रिय लोकदोहोरी गायकहरु चन्द्र परियार, पृथ्वी गुरुङ्ग, गोविन्द बाबु रिजाल, राकेश थापा, सरोज गुरुङ्ग लगाएत इच्छाकामना त्रिवेणी कला केन्द्रका कलाकारहरुले विशेष प्रस्तुती दिएको क्लबका अध्यक्ष बिजय गुरुङ्गले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष बिजय गुरुङ्ग, प्रमुख अतिथी वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेल, जिल्ला समन्वय समिती तनहुँका प्रवक्ता नेत्रबहादुर गुरुङ्ग लगाएत अन्य अतिथीहरुले ल्होसारको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कार–प्रमाणपत्र वितरण एवं तमु ल्होसार विशेष कार्यक्रमलाई सफल पार्नका निमित्त सहयोग गर्नुहुने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो ।
सो अवसरमा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेल, क्लबका अध्यक्ष बिजय गुरुङ्ग, जिल्ला समन्वय समिती तनहुँका प्रवक्ता नेत्रबहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेक प्रसाद सुवेदी लगाएकाले शुभकामना मन्तव्य राखेका थिए । क्लबका सचिव जय बहादुर गुरुङ्गले कार्यक्रम संचालन गरेका थिए ।
























