म्याग्देमा चारधाम निर्माण गर्ने सम्बन्धमा छलफल


तनहुँकाे म्याग्दे गाउँपालिकाले चारधाम निर्माण गर्ने सम्बन्धमा छलफल अगाडि बढाएको छ । हिन्दु धर्मावलम्बीहरूकाे आस्थाकाे केन्द्र विन्दु रहेको चार धामलाइ आफ्नैँ पालिका भित्र राख्न सराेकारवालाहरू बिच छलफल चलाइएको हाे ।
चारधाम निर्माण गर्ने सम्बन्धमा हालै बसेकाे भेलाले वडा नं ३ काे बेल्टारमा चारधाम निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकाले राजनीतिक दल तथा स्थानीय नागरिक समाजलाइ भेला गरि गराएको बृहत् छलफलमा चारधाम निर्माण गर्नुपर्नेमा सहभागीहरूले जाेड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले चारधाम निर्माणकाे लागि डिपिआर तयार गर्न बजेट छुट्याएको बताए । वडा नं ३ स्थित बेल्टारमा रहेको ११ राेपनी सार्वजनिक जग्गामा धाम निर्माण गरिनेछ । त्यसको लागि धार्मिक महाेत्सव गर्ने समेत गाउँपालिकाले साेच बनाएको छ ।

उक्त छलफल एवम् अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी , वडा अध्यक्ष एवम् जनप्रतिनिधि तथा शैक्षिक , धार्मिक क्षेत्रका व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो ।

























