नेवा देय दवु तनहुँकाे अधिवेशन फागुन १९ गते दमाैलीमा हुने
नेवा देय दवु जिल्ला कार्यसमिति तनहुँकाे दसौं साधारणसभा एवम् पाचौं अधिवेशन यही फागुन १९ गते साेमबार जनजाति महासंघको भवन दमाैलीमा हुने भएको छ ।

नेवा देय दवु जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लका अनुसार जिल्ला कार्यसमिति , नगर , गाउँकार्य समिति , गुठी खल पुच , मिसा पुच लगायतका सम्पुर्ण अध्यक्ष , पदाधिकारी तथा सदस्य हरूलाइ अधिवेशनमा सहभागी हुन विभिन्न माध्यमबाट निमन्त्रणा गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम सहित उक्त दिन कार्यक्रम हुने भएकोले अधिवेशनमा सहभागी हुन अध्यक्ष मल्लले सबैलाई अनुरोध गरेका छन् ।

























