२७ वर्षीय रवि सुनारकाे दुबै मृगौला फेल , सहयोगकाे अपिल
तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नं. १ निवासी २७ वर्षीय रवि सुनारको दुवै मृगौला फेल भएको छ । बाख्रे घर भएका खड्क बहादुर सुनारका नाति तथा वीर बहादुर सुनारका छोरा रबि सुनारको दुबै मृगौला फेल भएको परिवारले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेर रवि छट्पटाइ रहेका छन् । २०८० साल भदौमा वैदेशिक रोजगारको लागि साउदी अरेबिया गएका उनी दुर्भाग्यवश २०८१ माघ महिनामा कार्यस्थलमा अचानक अचेत भएपछि कम्पनीले हस्पिटल पुर्याएकाे थियो ।

हस्पिटलको रिपोर्ट अनुसार, उनको दुबै मृगौला फेल भएको पुष्टि भयो। कम्पनीले नेपाल फर्केर उपचार गर्न सल्लाह दिएपछि उनी घर फर्किए। नेपाल आएपछि काठमाडौंस्थित टिचिङ हस्पिटलले समेत मृगौला प्रत्यारोपणको आवश्यकता रहेको बताएको बिरामीका बुवा वीरबहादुर सुनार बताउँछन् । प्रत्यारोपण नगर्दासम्म हप्तामा दुई पटक डायलोसिस गर्नुपर्ने अवस्था रहेको समेत उनलेे जानकारी दिए ।
छाेराकाे उपचारको लागि आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न जान नसकेको उनलेे दुखेसो पाेखे । यस कठिन परिस्थितिमा सबैले सहयोग गरिदिए छाेरालाइ बचाउन सकिने उनी बताउँछन् ।

उनको उपचारको लागि बिस्वकर्मा गुठी सेवा समाज तथा जलदेवी युवा क्लब मार्फत आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको समेत बताइएको छ ।
उनलाई सहयोग गर्न चाहनेले

























