बच्चालाई पनियाेले डाम्ने भिमादकी मिसलाइ १७ दिन थुन्न आदेश , पनियाे तताउने राना समेत पक्राउ !
तनहुँकाे भिमाद स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बाेडिङ स्कुलका बिद्यार्थीलाई तातो पनियाेले डामेकी मिसलाई थप पाँच दिन थुन्न म्याद थप भएको छ। १२ दिनदेखि थुनामा रहेकी प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठकाे छाेरी बिद्यालयमै कार्यरत मिस सुष्मा श्रेष्ठलाइ पाँच दिनकाे म्याद थप भएसँगै १७ दिन थुन्ने आदेश हुने भएको हाे ।

बच्चाहरुले हल्ला गरेको र त्यही बिचमा एकजना बच्चाले काली भन्दिएकाे भन्दै पनियाे तताएर डामेकाे घाइते बिद्यार्थीका अभिभावकले बताएपछि उनलाई पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय बेलचाैताराका इन्स्पेक्टर पाेषण थापाका अनुसार उक्त घटनाको मतियारकाे रूपमा मिसलाइ पनियाे तताएर दिने कमला राना समेत पक्राउ परेकी छन् । पक्राउ परेका दुबै जनाकाे अनुसन्धान जारी रहेको छ ।

उक्त घटनामा कक्षा ४ मा पढ्ने प्रमिस परियार लगायत ४ जना घाइते भएका थिए । त्यही बिषयमा घाइते प्रमिसका हजुरबुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूकाे फाेटाे सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका थिए । उनी लगायतको बाल अधिकारकर्मीहरूले बालकलाई यातना दिनेहरूलाइ कडा कारबाहीको माग गर्दै आएका छन् ।
























