प्रधानाध्यापक सिद्धान्त द्वारा अरुण मा. वि. मा १ लाखको अक्षयकोष स्थापना

प्रधानाध्यापक सिद्धान्त द्वारा अरुण मा. वि. मा १ लाखको अक्षयकोष स्थापना
 नेपाल मगर संघ केन्द्रिय समिति संयोजक एवं  सेति गंगा आधारभूत विद्यालयका  प्रधानाध्यापक सिद्धान्त गर्जा मगरले तनहुँको बन्दीपुर -६ हुस्लाङमा रहेको अरुण माध्यामिक विद्यालयमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्। 

गर्जा मगरले आफूले अध्यन गरेको उक्त विद्यालयको ६५औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अबसरमा आज उक्त रकमको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक बिशाल गौतमले बताए ।

उक्त विद्यालयमा अध्यन गर्ने गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई अक्षयकोषको वार्षिक व्याजबाट प्राप्त हुने रमबाट छात्रवृत्ति प्रदान गरिने अक्षयकोष स्थापना कर्ता सिद्धान्त गर्जा मगरले बताए । कार्यक्रममा बन्दिपुर गाउँ पालिकाका उपाध्यक्ष पञ्च माया गुरुङ, वडा नम्बर ६ का अध्यक्ष बल बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज थापा लगायतले अक्षय कोष स्थापना गर्ने गर्जा मगरलाई धन्यवाद दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page