नेपाल पुलिस स्कुल बेलचौताराको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

नेपाल पुलिस स्कुल बेलचौताराको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँले यहि फागुन-१२ गते आफ्नो ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको प्रांगणमा आयोजित विशेष समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भोला बहादुर रावलले पानसमा दिप प्रज्वलन तथा देवी सरस्वतीको फोटोमा माल्यार्पण गरी कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि रावलले विद्यार्थीहरुका लेख रचना तथा विद्यालयको वर्षभरीको गतिविधिहरु सहित वार्षिक रुपमा प्रकाशन गरिने विद्यालयको मुखपत्र “दिपन” स्मारिका लोकार्पण समेत गरेका थिए ।
उक्त अवसरमा कार्यक्रमको पहिलो सत्रमा शैक्षिक वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न तहका विद्यार्थीहरु, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा शिक्षकहरुलाई प्रमुख अतिथी एवं अन्य अतिथीहरुद्धारा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । यस्तै कार्यक्रमकाे दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रम, पि.टि प्रदर्शन, नृत्य तथा संगित जस्ता विविध गतिविधिहरु प्रस्तुत गरिएको थियो ।
नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका प्राचार्य डिकेन्द्र रायकाे सभापतित्वमा भएको कार्यक्रममा
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाही, जिल्ला प्रहरी कार्यालय तनँहुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनँहुका प्रमुख प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष निला थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर चन्द, इलाका प्रहरी कार्यालय बेलचौतारा तनँहुका प्रमुख प्रहरी निरीक्षक पोषण थापा, विद्यालयका समादेशक प्रहरी निरीक्षक प्रसिद्धिका कँडेल , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, भूतपूर्व शिक्षक तथा विद्यार्थीहरु, अभिभावकहरु ,शिक्षकशिक्षिकाहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँले देशको शैक्षिक, खेलकुद र सर्वाङ्गिण विकासमा प्रत्यक्ष अप्रत्यक्ष टेवा पुर्याईरहेको बताउँदै आगामी दिनमा यस्ता गतिविधीहरुलाई थप सुधार तथा आधुनिक शिक्षण प्रणालीलाई अवलम्बन गर्ने प्रतिवद्धता सहित नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँले विभिन्न लाभकारी छात्रवृतीसहित सबै वर्ग,समुदायलाई समेटि सर्वसुलभ रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएकोमा विद्यालयप्रती विश्वास व्यक्त गर्ने अभिभावक, नियमनकारी निकाय ,सरोकारवाला सबैमा बिद्यालयका समादेशक प्रहरी निरीक्षक प्रशिद्धिका कंडेलले आभार ब्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page