खेलकुद बिकास समिति तनहुँकाे नयाँ अध्यक्षमा ५ जनाको चर्चा

खेलकुद बिकास समिति तनहुँकाे नयाँ अध्यक्षमा ५ जनाको चर्चा

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डेको ४ वर्षे कार्यकाल यही फागुन ८ गते सकिएसँगै अब काङ्ग्रेस , एमाले भित्रबाट काे अध्यक्ष बन्छ भन्ने चर्चा सुरु भएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा भागबन्डा हुने र त्यसमा तनहुँ कुन दलको भागमा पर्छ त्यसबाट काे बन्छ भन्ने भरपर्ने बताइएकाे छ ।


भागबन्डा गर्दा काङ्ग्रेसको भागमा तनहुँ परेमा माेहन कुमार श्रेष्ठ र मनिराज थापाको नाम चर्चामा छ । श्रेष्ठ तरूण दलका केन्द्रीय सदस्य एवम् व्यास ५ का निवर्तमान वडाध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधि र एन्फामा लामो समय काम गरेका युवा नेता हुन् । यस्तै थापा आमन्त्रीत जिल्ला सदस्य , नेपाल मगर संघका निवर्तमान जिल्ला अध्यक्ष तथा मगर संघ गण्डकी प्रदेशको उपाध्यक्षका साथै खेलकुद बिकास समितिकाे उपाध्यक्ष र लामो समयदेखि खेल क्षेत्रमा लागेका युवा नेता हुन् ।
यता एमालेकाे भागमा परेको खण्डमा हालका जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डे र एमाले जिल्ला सदस्य भिमाद निवासी ईमान थापाकाे सम्भावना बढी रहेको एमाले श्राेतले बताएको छ । हालका अध्यक्ष पाण्डे प्रदेशमै चार बर्षमा चारवटा राष्ट्रपति रनिङ शिल्ड गर्न सफल एकमात्र अध्यक्ष हुन् ।

यस्तै आफ्नाे कार्यकालमा कार्यालयलाई सिस्टममा राखेको , प्रदेशमा अपडेट गर्ने गरेको र अब्बल बनाएको उनी निकटले बताएका छन् । आफ्नाे ठुलो इच्छा दाेहाेर्याउनमा नभएको तर पार्टीले आवस्यक ठानेमा बस्न सक्ने उनको प्रतिक्रिया छ ।

यता अर्का युवा नेता भिमादका थापालाई पनि अध्यक्षकाे रूपमा चर्चा गरिएको छ । राजनीति सँगै उनी पार्टीको खेलकुद कमिटीकाे जिम्मेवार पदमा बसेर काम गरेकोले युवाहरू माझ उनी हुलमिल भइसकेका युवा नेतामा पर्दछन् । यस्तै दमाैलीकै अर्का युवा एवम् बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठ जेकेलाइ समेत अध्यक्षकाे रूपमा हेरिएको छ । हैरान्स क्लव देखि बास्केटबल लगायतका खेलसँग जाेडिएका उनलाई पनि अध्यक्षकाे रूपमा चर्चा गरिएको बताइएको छ । श्रेष्ठ बास्केटबल गण्डकी प्रदेशको समेत सदस्य हुन् ।
यद्यपि उल्लेखित पात्र बाहेक अन्य पनि हुन सक्ने बताइएको छ ।

गण्डकी प्रदेश सामाजिक बिकास तथा खेलकुद मन्त्री काङ्ग्रेसका बिन्दु थापा रहेकोले तनहुँ काङ्ग्रेसको भागमा पर्नसक्ने पनि आँकलन गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको पदावधि समाप्त भएको भन्दै पत्र काटेपछि नयाँ अध्यक्षकाे खाेजिमा उल्लेखीत पात्रहरूकाे चर्चा सुरु भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page