चौथो शुक्लागण्डकी महोत्सवमा आज शान्तिरानी ,कृष्ण , गगन , नविना लगायतको प्रस्तुती

चौथो शुक्लागण्डकी महोत्सवमा आज शान्तिरानी ,कृष्ण , गगन , नविना लगायतको प्रस्तुती

चाैंथाे शुक्लागण्डकी महाेत्सवमा आज शान्तिरानी परियार, कृष्ण सुवेदी, गगन गुरूङ र नविना सुवेदी लगायतको लाेक सांगीतिक प्रस्तुति रहने भएको छ ।पछिल्ला दिनहरूमा दर्शकको चाप बढ्दै जाँदा राष्ट्रिय कलाकारकाे उपस्थिति पनि बाक्लिँदै गएको छ । महाेत्सवमा साँझ टुकी ब्याण्डकाे कन्सर्ट समेत रहनेछ ।
महाेत्सवमा हिजो चर्चित लोकदोहोरी गायिका भुमिका गिरी, तुलशा जिसी, मनु राना, जिवन सिग्देल र पप गायक सन्जिव सिंह रानाले दर्शकलाई मज्जाले मनाेरञ्जन दिएको कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए । महोत्सवमा यस अघि आइतवार राती लेकाली ब्याण्डको लाइभ कन्सर्ट समेत भएको थियो ।


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page