तनहुँका विशालकाे मृत्युु , ८ वर्षीय छाेराकाे दागबत्ती , १८ दिनको सुत्केरी किरियामा
तनहुँकाे व्यास नगरपालिका वडा नं १० का ३२ वर्षीय विशाल पण्डित क्षेत्रीकाे फागुन १० गते अकस्मात् मृत्युु भए पछि परिवारमा विचल्ली भएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको स्वर्गीय विशालकाे घरमा १८ दिनकी सुत्केरी श्रीमती सहित ४ वटा छाेराछाेरी र ७५ वर्षकी बुढी आमा छन् ।

घरको कमाउने मुख्य सदस्यकाे मृत्यु भए पछि उनको घरमा विचल्ली भएको छ । उनको मृत्यु पश्चात् ८ वर्षीय ठुलो छाेराले दागबत्ती दिएका छन् भने १८ दिनकी सुत्केरी श्रीमती किरिया बसेकी छन् । आम्दानिकाे श्राेत नहुनु , आर्थिक अवस्था अत्यन्तै कमजोर हुनु , घरमा रेखदेख , हेरविचार गर्ने मान्छे नहुनु लगायतका कारणले अहिले परिवारजन चिन्तित छन् ।

स्थानीय छिमेकी सीता पहारीका अनुसार बुढिआमाकाे हेरविचार , ससाना छाेराछाेरीकाे रेखदेख , सुत्केरीको स्याहारसुसार गाउँलेकाे सहायता बाट भइरहेको छ । अवस्था अत्यन्तै दयनीय भए पछि छरछिमेकी गाउँले लगायत शुभचिन्तकहरू मिलेर सहयोग गर्दै आइरहेकाे उनलेे बताइन् ।
























