शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामकाे भजनकीर्तन प्रतियोगितामा पाेखराकाे माछापुच्छ्रे भजन समूह प्रथम
शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा आज सम्पन्न खुल्ला भजन कीर्तन प्रतियोगितामा माछापुच्छ्रे भजन समुह पाेखरा प्रथम भएको छ । महाशिवरात्रीको अवसरमा श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा भएको खुल्ला भजन कृतन प्रतियोगितामा सहभागी ९ टिमलाई पछि पार्दै माछापुच्छ्रे प्रथम भएको हाे ।

यस्तै प्रतियोगितामा भुलभुले बाराही भजन समुह द्धितीय भएको छ । प्रतियोगितामा तृतीय स्थान महेश्वर खनाल भजन समूह शुक्ला २ हुँदा राधाकृष्ण भजन समुह शुक्ला ९ सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः ५१ हजार, ३६ हजार, २१ हजार र ५ हजार रुपैया साथमा प्रमाणपत्र पाएका छन् । यस्तै सहभागि सबै समुहले नगद ५ हजार रुपैया पाएका छन् ।

बुधवार च्यवनधाममा महाशिवरात्री मेलाका साथै विभिन्न राष्ट्रिय कलाकार एवम् राष्ट्रिय लाेकदाेहाेरी प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा तथा पुर्व अध्यक्ष पुरूषाेत्तम पाैडेल लगायतको प्रस्तुती रहेको थियो । त्यस अगाडि कार्यक्रमकाे शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए । च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन शंकर पन्तले गरेका थिए ।
शुक्लागण्डकी–३ गाछेपानीमा रहेको च्यवनधामले महाशिवरात्रीको अवसरमा प्रत्येक वर्ष भजन कृतन प्रतियोगिता गर्दै आएको छ ।
























