सवारी दुर्घटना न्युनिकरण गर्न तनहुँ ट्राफिककाे सक्रियता
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारीसाधन दुर्घटना न्युनिकरणकाे लागि सक्रियता बढाएको छ ।
रातको समयमा ट्याक्टर, जिपहरुबाट हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले ट्राफिक प्रहरीले त्यसतर्फ सक्रियता बढाएको हाे ।

तनहुँ ट्राफिकले बन्दिपुर गा.पा.४ बिमलनगर, भानु नपा -१ भन्सारचोक, बन्दिपुर गापा १ पियुघर, शुनपा ०५ खैरेनीटार र आबुखैरेनी गापा २ बसपार्क र सोही एरियाहरुमा संचालित ४२ वटा ट्याक्टर, जिप, टिप्परहरुको ब्याक साईडमा रातको समयमा देखिने ख्यालको रिफ्लेक्टिभ ईनामेल लगाई सम्झाई बुझाई गरिएको जनाएको छ ।

यसअघि पनि ट्राफिक सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरू गर्ने , सवारी चालकहरूलाई अवस्थाकाे बारेमा जानकारी सँगै प्रशिक्षण दिने , बिद्यालयमा ट्राफिक शिक्षा दिने लगायतका कामहरू तनहुँ ट्राफिकले गर्दै आइरहेकाे छ ।
























