किल्चाेक सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन

म्याग्दे गाउँपालिका वडा नं ३ स्थित किल्चाेकमा नवनिर्मित सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन भएको छ । सामुदायिक स्वास्थ्य इकाई भवनकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाले सबै कुरा सहमतिमै गर्दै आएकाे बताए । आँफु बीस पिएर भएपनि गाउँपालिकाकाे सर्वाङ्गिण हितका लागि लागिरहेको , सानातिना बिषयलाई थाती राख्दै अगाडि बढेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले करिब २४ लाख लगानीमा भवन निर्माण सम्पन्न भएको बताए । म्याग्दे गाउँपालिकाले पुर्वाधार निर्माणकाे काम करिब गरिसकेको र प्रमुख प्रशासकिय भवन , अस्पताल भवन तथा सबै वडा आफ्नैँ भवनमा बसेकाे उनलेे बताए । संघीय सरकारकाे स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले आफ्नैँ पहलमा कम्तीमा ६ वटा स्वास्थ्य संस्थाहरू सञ्चालन गरेको अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा जग्गादाता दधिराज श्रेष्ठ लगायत उनको परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष मणिभद्र वाग्ले , शिवबहादुर रानाभाट , बसन्त श्रेष्ठ , दिपक श्रेष्ठ , पुर्व वडाध्यक्ष श्रीबहादुर थापा मगर लगायतले बाेलेका थिए ।

म्याग्दे ३ का अध्यक्ष टुकराज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका दधिराज घिमिरे , नेकपा माओवादी केन्द्रका बालकृष्ण श्रेष्ठ , रास्ट्रिय स्वतन्त्र पार्टीका मनाेज अधिकारी , कार्यपालिका सदस्य जानकी थापा , वडा सदस्य सुनिता नेपाली , जग्गादाता दधिराज श्रेष्ठ , किल्चाेक टाेल बिकास संस्थाका अध्यक्ष बसुन्धरा बराइ , राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
























