गाेरखा क्याम्पसमा काङ्ग्रेस , एमाले गठवन्धनलाई पराजित गर्दै माओवादी निकट क्रान्तिकारीकाे प्यानलनैं विजयी
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै बिजयी भएको छ । राति सम्पन्न मतपरिणाम अनुसारसत्ताघटक काङ्ग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुकाे संयुक्त प्यानललाइ पराजित गर्दै क्रान्तिकारीका सुलभ अम्गाईकाे प्यानलनैं विजय भएको हाे ।
समाजवादी मोर्चा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीको गठबन्धन बनेर सभापतिमा अम्गाई उठेका थिए भने सत्तापक्षधर नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट रचन परियार उम्मेदवार रहेका थिए ।

जम्मा खसेको ३७० मत मध्ये अखिल क्रान्तिकारी -२०९ , अनेरास्ववियु + नेबिसंघकाे -१६१ मत आएकाे बताइएको छ ।

























