आज बाट सुरु हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार तीन सय दुई परीक्षार्थी सहभागी

आज बाट सुरु हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार तीन सय दुई परीक्षार्थी सहभागी

आज बाट सुरु हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार तीन सय दुई परीक्षार्थी सहभागी हुने भएका छन् । साधारणतर्फ चार हजार ८ सय ४४, प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ एक हजार तीन सय २५ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । परिक्षा सन्चालनको लागि जिल्लामा २६ परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार परिक्षा केन्द्रहरुमा निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षी संस्कृत बेदव्यास मावि दमौली, चन्डीदेवी राष्ट्रिय मावि कुमालटारी, क्यामिन मावि कलेस्ती, मिन मावि थर्पु, सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे, गाउँफर्काेदय मावि ढोरफिर्दी, जनज्योती मावि भिमाद, धर्म मावि भिमाद, चन्द्रज्योती मावि घिरिङ, शिव सरस्वती मावि ऋषिङ रहेका छन् ।

यसैगरि पवित्रा मावि पिप्ले,विष्णु मावि नाहाला , भानु मावि बन्दिपुर, होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार, चन्द्रावती मावि टुहुरेपसल, मित्रता मावि सत्रसय र महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट रहेका छन् ।

तनहुँमा देवघाटमा रहेका महेश संस्कृत गुरुकुल , बेदबेदाङ्ग संस्कृत गुरुकुल, परमानन्द सस्कृत गुरुकुल, र माँ कल्याणी बैदिक कन्या गुरुकुलका परिक्षार्थी पनि सहभागी हुने भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page