गति मति र अवस्थिति बदल्नुुुपर्छ- काङ्ग्रेस महामन्त्री गगन थापा

गति मति र अवस्थिति बदल्नुुुपर्छ- काङ्ग्रेस महामन्त्री गगन थापा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले गति मति र अवस्थिति बदल्नुपर्ने बताएका छन् । गति मति र अवस्थिति सुधारेर अलिकति मात्रै काम गर्ने तरिका बदल्याै भने पनि नेपाली जनताकाे चाहना क्रमश पूरा हुने उनलेे बताए ।नेपाली का‌ङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ को दाेस्राे क्षेत्रीय सम्मेलनलाई तनहुँकाे दमाैलीमा सम्बाेधन गर्दै महामन्त्री थापाले साे कुरा बताएका हुन् ।

नेपाल कानुनको शासन भएको देश भएकोले जसले गल्ती गर्छ उसले सजाय पाउनुपर्छ भन्ने मान्यता काङ्ग्रेसको भएको उनको भनाइ छ । थापाले काेहिपनी दाेषी उम्कन नपाउन् र निर्दाेष नफसुन् भन्ने बिषयमा आफु स्पस्ट भएको भन्दै दाेषी काेही काङ्ग्रेसकै नेता परेपनी कारबाहीको भागेदार हुने बताए ।
२०६० सालदेखि ०७० साल सम्म हतियार सँग र ०७० देखि ०८० साल सम्म संविधान सँग भुल्नुपरेकाे भन्दै महामन्त्री थापाले अहिले देशले बिकासकाे गति लिन थालेको बताए ।
अहिलेकाे सरकार ०८४ सम्म जाने र केही समय पछि काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उनलेे बिकास निर्माण र सुशासन दिन हामी लागिपरेकाे उनलेे बताए ।अहिले नकारात्मक र गलत साेचबिचार बन्द गर्नुपर्ने बताएका थापाले नयाँ पुस्ताका युवाहरू सँग संवाद गर्न जरुरी रहेको बताए ।
देशलाई अनिश्चितता तिर लाने हैन , बिकास , समृद्धि तिर देशलाई बदल्नुपर्नेछ भन्दै उनलेे त्यो अब हामीले बदल्ने उनलेे ठाेकुवा गरे । पार्टीको चुनाब कुनै पनि बहानामा दायाँबायाँ नहुने भन्दै उनलेे चुनाव समयमै हुने बताए ।
क्षेत्रीय सभापति श्याम माैरतीकाे अध्यक्षतामा दमाैली सभाहलमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू गाेविन्द भट्टराई , ध्रुव वाग्ले , अजयबावु शिवाकोटी , पार्टीका सभापति जित प्रकाश आले , निवर्तमान सभापति बैकुण्ठ नाथ न्याैपाने , पुर्व सभापति रघुनाथ पाैडेल , नेपाली काङ्ग्रेस चितवनका पुर्व पार्टी सभापति जितनारायण श्रेष्ठ , गण्डकी प्रदेश सदस्य अशोककुमार श्रेष्ठ , महिला संघ सभापति पवित्रा पाैडेल , दयानिधी नराल , राजु बानिया लगायतका वक्ताहरूले बाेलेका थिए । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय नेताहरू तथा क्षेत्र नम्बर १ का ४२ वटै वडाबाट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेकाे थियो । सहभागीहरूले पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । थापा दमाैली आउँदा पार्टीका नेता तथा कार्यकर्ताले बाजागाजा , नाचगान सहित भब्य स्वागत गरेका थिए ।
यसैबीच आदिकवी भानुभक्त क्याम्पस दमाैलीकाे स्ववियु निर्वाचनमा निर्वाचित समितिलाई थापाले सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page