बारीमा उम्रेकाे च्याउ खाँदा तनहुँकाे म्याग्देका दुईको मृत्यु

बारीमा उम्रेकाे च्याउ खाँदा तनहुँकाे म्याग्देका दुईको मृत्यु

बारीमा उम्रेकाे जंगली च्याउ खाँदा गम्भीर बिरामी भएका तनहुँकाे म्याग्दे गाउँपालिका–६ निवासी चार बर्षीय सुमित पुलामीको मृत्यु भएको छ । च्याउ खाएर गम्भीर बिरामी भएका उनको पाेखरा हुँदै शिक्षण अस्पताल काठमाण्डौंमा उपचारको लागि लगिएकाेमा उपचारकै क्रममा मृत्यु भएको हो । 
प्रदेश अस्पताल दमौलीमा प्राथामिक उपचारपछि बालकलाई शनिवार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो । उक्त अस्पतालमा पनि उपचार संम्भव नदेखिएपछि थप उपचारका लागि काठमाण्डौं पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यसअघि सोमबार उपचारकै क्रममा म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने बर्ष ३० का नारायण मगरकाे मृत्यु भएको थियो । मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो ।  


आइतबार बारीमा उम्रिएको जंगली च्याउ खाँदा दश जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । 
जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तीटोल निवासी ६३ बर्षीय गुरु बहादुर पुलामीको घरमा ल्याई पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।  
उनीहरुमा बमेट,पखाला लाग्ने,रिङगाटा लाग्ने लक्षण देखिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page