बन्दीपुर घुम्न आउने अशक्त पर्यटकहरूका लागि सांसद वाग्लेकाे ह्वीलचेयर सहयोग

बन्दीपुर घुम्न आउने अशक्त पर्यटकहरूका लागि सांसद वाग्लेकाे ह्वीलचेयर सहयोग

पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अहिले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५ चलिरहेको छ । भ्रमण वर्ष २०२५ मनाइरहेको बन्दीपुरमा आगन्तुक अशक्त हरुकाे सहयोगका लागि सांसद स्वर्णिम वाग्लेले दुईवटा व्हीलचेयर सहयोग गरेका छन् ।

बन्दीपुर बजार घुम्न आउने अशक्त , अपांगता भएका तथा जेष्ठ नागरिकहरू लाई लक्षित गरि माननीय स्वर्णीम वाग्ले कोे सचिवालयकोे तर्फ बाट दुईवटा ह्वीलचेयर सहयोग प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला सहसचिव एवम् संगठन विभाग प्रमुख अनिल श्रेष्ठले बताए । बजार भित्र सवारीसाधन लान नपाइने र हिँडडुल गर्न नसक्ने पर्यटकलाई लक्षित गरि माननीय ज्यु काे सचिवालय बाट प्राप्त ह्विलचेयर सहयोग हस्तान्तरण गरेको श्रेष्ठले बताए । उक्त ह्विलचेयर बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, भ्रमण वर्ष २०२५ कोे सचिवालय संयोजक बैँस गुरुङ्ग , लगायत नेवाःदय दवु बन्दीपुरका अध्यक्ष पत्थर प्रधान लगाएत स्थानीय पर्यटन व्यवसायी हरुलाई हस्तान्तरण गरिएकाे हाे ।

सांसद वाग्लेले बन्दीपुर भ्रमण वर्ष २०८२ लाइ वैशाख १ गते बन्दीपुरमा घुम्न जानको लागि संसद भवन बाट नै सम्पूर्ण सांसद हरुलाई केही दिनअघि चुलै निम्तो समेत दिएका थिए । सांसद वाग्लेले नयाँ वर्षमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई पर्यटन वर्ष मनाउनको लागि संसदबाटै बन्दीपुरमा हार्दिक निमन्त्रणा गर्नु भएकाे रास्वपा नेतृ सशी रुपाखेतीले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page